ओलीको प्रश्न- सरकार लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूमि होकि होइन ?

डिसी नेपाल
६ भदौ २०७९ १८:२०
64
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीका बारेमा सत्तारुढ गठबन्धन दलका नेताहरु चुइक्कसम्म बोल्न नसकेको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी को पक्षमा पहल लिन सरकारसँग आग्रह गरेका छन् ।

नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै ६० वर्ष अघि हाम्रो हातबाट खोसिएको सो भूमि हाम्रो भए पनि सरकारले फिर्ताको ठोस पहल लिन नसकेको उनले बताए।

उनले भने, “देश बनाउने काममा केन्द्रित भएर लाग्न हामीले आग्रह गरिरहेका छौं, तर सरकारले ध्यान दिएको छैन, यो सरकारले ध्यान नदिए अब आउने सरकारले ध्यान दिन्छ ।” देशलाई नाकाबन्दीमा पर्न नदिन आफू नेतृत्वको सरकारले यसअघि उत्तरतिरको नाका खोल्ने काम गरेको उनले बताए । “१४६ वर्षदेखि हामीले भोगचलन गरेको जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरुले लगेको रहेछ । त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाएन । नेकपा एमाले बोल्यो, हामी बोल्यौं । हामी नेतृत्वको सरकारले नक्सा जारी गर्‍यौं । संविधानमा त्यसलाई समेट्यौं र भारत सरकारलाई पत्राचार गर्‍यौं ।”

“हामी अरुको जमिनमा दावी गरिरहेका छैनौं । आफ्नो जमिन फिर्ता मागिराखेका छौं” अध्यक्ष ओलीले भने, “सरकार लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूमि होकि होइन ?” अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको आरोप लगाए । मुलुक बचाउन भए पनि आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउन आवश्यक भएको उनले दावी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.