सेयर बजारमा १६.९३ अङ्कको गिरावट

डिसी नेपाल
१० भदौ २०७९ १३:३५
28
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९३ अङ्कले ओरालो लागेर २ हजार २२.६२ मा सीमित भएको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २ दशमलव ७५ अङ्कले ओरालो लागेर ३ सय ९१.७६ मा सीमित भएको छ। कुल दुई सय १३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २९ करोड ४८ लाखमाथिको कारोबार भएको छ ।

नेप्सेका अनुसार बिहीबारको कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा छ। सो कम्पनीको ६ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ। शुक्रबारको कारोबार भएका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्सको शेयर मूल्य बढेको छ बाँकी सबै उपसुचकमा गिरावट आएको छ ।

आजको कारोबारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, पन्चकन्या माई हाइड्रोपावर र कालिका पावरका लगानीकर्ताले अधिकतम गुमाएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.