देशभर ३२४ कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु
काठमाडौं । नेपालमा २४ घण्टामा ३२४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ५१५ नमूना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६७३ र एन्टिजेनबाट १ हजार ८४२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १६३ र एन्टिजेनबाट १६१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
सोही अवधिमा नेपालमा ४१८ जनाले संक्रमणलाई पराजित गरेका छन् । आज थप एक कोरोना संक्रमितको ज्यान गएको छ ।
आज थपिएकासँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment