यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१२ भदौ २०७९ ९:४४
424
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २७ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५० रुपैयाँ ९२ पैसा र बिक्री दर १५१ रुपैयाँ ६३ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ०१ पैसा र बिक्री दर ८९ रुपैयाँ ४३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ०८ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३१ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५८ पैसा र बिक्री दर १८ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९५ पैसा र बिक्री दर ३४ रुपैयाँ ११ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५७ पैसा र बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.