हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ०२ पैसा र बिक्री दर १२७ रुपैयाँ ६२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४९ रुपैयाँ ७९ पैसा र बिक्री दर १५० रुपैयाँ ४९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८५ पैसा र बिक्री दर ८८ रुपैयाँ २७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ९७ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २७ पैसा र बिक्री दर ९ रुपैयाँ ३१ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५५ पैसा र बिक्री दर १८ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९३ पैसा र बिक्री दर ३४ रुपैयाँ ०९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५० पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment