नेप्से ३.७६७ अंकले बढे पनि कारोबार रकम खुम्चियो

डिसी नेपाल
१३ भदौ २०७९ १५:१७
52
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। आज नेप्से ३.७६ अंकले बढेर १ हजार ९९३.०२ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२२ कम्पनीको ३४ लाख ४० हजार ९०० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २६ करोड ६६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनीको भएको छ। यसको आज ११ करोड २५ लाखभन्दा बढीको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ४ उपसुचक घटेको छ भने बाँकी सबै बढेको छ। आजको कारोबारमा बिन नेपाल लघुवित्त र रिलायन्स फाइनान्सका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै,रुरु जलबिध्युत र नेपाल हाइब्रिड फण्डका लगानीकर्ताले अधिक्तम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.