श्रृजनशील लघुवित्तको ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ बिक्री खुला

डिसी नेपाल
१५ भदौ २०७९ ९:०३
156
Shares

काठमाडौँ। श्रृजनशील लघुवित्त वित्तीय संस्थाले ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ आज भदौ १५ गतेदेखि बिक्री खुल्ला गरेको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी गरेको आइपिओमध्ये १९ हजार ६९० कित्ता सामुहीक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। भने, बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। यस आइपिओमा लगानीकर्ताले १९ भदौसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा २९ भदौसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। इक्रा नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस ‘इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.