नेपाल बैंकले पनि सि – आस्वा शुल्क नलिने
काठमाडौं : नेपाल बैंकले पनि सि-आस्वा शुल्क नलिने घोषणा गरेको छ। यस बैंकबाट आइपिओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने आस्वा शुल्कमा पुरै छुट पाउने भएका छन्। यस अघि बैंकले आस्वा वापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।
योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ६ पुगेको छ। हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment