मोटोपन नियन्त्रणका लागि रामबाण औषधी ‘फर्सीको बियाँ’
काठमाडौं । फर्सीको नाम सुन्ने बित्तिकै धेरैको नाक खुम्चिन्छ। तर फर्सीको बियाँ स्वास्थ्यको हिसाबले निकै फाइदाजनक छ । यसको मद्दतले तौल घटाउनुका साथै धेरै समस्यालाई नियन्त्रण गर्न सकिन्छ।
फर्सीको साथसाथै फर्सीको बियाँ पनि धेरै स्वास्थ्य समस्याहरूको लागि लाभदायक रहेको छ । यसमा आइरन, क्याल्सियम, बि २, बिटा क्यारोटिन, फोलेट जस्ता धेरै पोषक तत्वहरू हुन्छन् जसले पाचन प्रणालीलाई बलियो बनाउनुका साथै तौल घटाउने गर्दछ । मुखमा घाँउ, खटिरा आउँदा होस् वा मुख नमिठो हुदाँ फर्सीको बियाँ खाँदा राम्रो हुन्छ । औषधीको रुपमा निकै उपयोगी फर्सीको बियाँ ग्याष्ट्रिक, मधुमेह लगायतका रोगमा निकै उपयोगी मानिन्छ । यसमा कयौ गुणहरु लुकेका छन्, जसले पेटदेखि मुटु रोगसम्म निको पार्ने क्षमता राख्छ ।
फर्सीको बियाँका फाइदाहरू
मधुमेह नियन्त्रण– फर्सीको बियाँ मधुमेह रोगीहरूको लागि धेरै स्वस्थ छ। यसले ब्लड सुगरलाई नियन्त्रण गर्नुका साथै इन्सुलिनको मात्रालाई सन्तुलनमा राख्छ । फर्सीको बियाँमा अक्सिडेटिभ तनाव कम गर्ने गुण हुन्छ, जुन रक्त शर्करा रोगीहरूको लागि लाभदायक हुन्छ। यसले रगतमा चिनीको मात्रालाई स्थिर राख्छ।
तौल नियन्त्रण– फर्सीको बियाँको सेवनले शरीरको बढ्दो तौललाई नियन्त्रण गर्न सकिन्छ । यसमा पाइने फाइबरले तौल सन्तुलित राख्छ । यसको सेवन गर्नाले तपाईलाई लामो समयसम्म भोक लाग्दैन। जसका कारण तपाई धेरै खानबाट बच्न सक्नुहुन्छ। यो तौल घटाउन प्रभावकारी हुन्छ।
कपालको वृद्धि– फर्सीको बियाँमा क्युकरबिटासिन हुन्छ, जुन धेरै राम्रो एमिनो एसिड हो। यसले कपालको वृद्धि सुधार गर्न सक्छ। यसका अलावा यो भिटामिन सीको पनि राम्रो स्रोत हो, जसको मद्दतले कपालको वृद्धि राम्रो हुन्छ। कद्दूको बीउको तेल नियमित रूपमा टाउकोमा लगाउनाले कपाल राम्रो हुन्छ।







डिसी नेपाल








Facebook Comment