कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र बिक्री खुला
काठमाडौँ। कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र आज (भाद्र १७ गते)देखि बिक्री खुल्ला गरेको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको हो।
बैंकले जारी गरेको ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्न लागेको छ। सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
बैंकले १० वर्ष अवधिको ‘केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र जारी गरेको हो। यस ऋणपत्रमा लगानीकर्ताले ११ प्रतिशत ब्याज पाउनेछन्। सो ऋणपत्र खरीदका लागि भदौ २१ गतेसम्म आवेदन दिनुपर्नेछ र उक्त अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा निष्कासन अवधि भदौ ३१ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले मेरो सेयर एप र वेवसाइट साथै, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन्।







डिसी नेपाल








Facebook Comment