देशभर २०० जना कोरोना संक्रमित थपिए, एकैदिन दुई जनाको मृत्यु,
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ जनामा परीक्षण गर्दा २ सयजनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार १८१ पीसीआर परीक्षण गरिएकोमध्ये ९२ जनामा र २ हजार १५६ एन्टीजेन परीक्षण गरिएकोमा १०८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ३ सय ३९ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६४२ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप दुई जना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment