इष्टर्न हाइड्रोपावरको आइपिओ भर्ने म्याद थप, कहिलेसम्म पाइन्छ भर्न ?

डिसी नेपाल
२१ भदौ २०७९ ९:२०
136
Shares

काठमाडौँ। इष्टर्न हाइड्रोपावरको ६ लाख २० हजार कित्ता आइपिओ भर्ने म्याद थप गरिएको छ। कम्पनीले निर्धारण गरेको समयमा आवश्यक अनुसारको आवेदन नपरेको हुनाले म्याद थप गरेको हो।  अब स्थानीयबाशीले भदौ २८ गतेसम्म उक्त आइपिओ भर्न पाउने भएका छन्।

कम्पनीले भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६ करोड २० लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेको थियो। यस आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीयले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। साथै एनएमबि बैंकको भोजपुर शाखा, ग्लोबल आइएमई बैंकको भोजपुर शाखा, प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा र लक्ष्मी बैंकको भोजपुर शाखा कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ।  स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी–बी प्लस आइएस’ रेटिङ्ग प्रदान गरेको छ। यो कम्पनीले भोजपुरको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.