कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने म्याद थपियो
काठमाडौँ। कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ। बैंकको निर्धारित समयमा मागबमोजिम आवेदन नपरेको हुनाले म्याद थप गरेको हो। अब लगानीकर्ताले उक्त ऋणपत्रमा भाद्र ३१ गतेसम्म आवेदन दिन पाउने छन्।
बैंकले भाद्र १७ गतेदेखि प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको थियो। बैंकले जारी गरेको ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्न लागेको छ। सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
बैंकले १० वर्ष अवधिको ‘केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र जारी गरेको हो। यस ऋणपत्रमा लगानीकर्ताले ११ प्रतिशत ब्याज पाउनेछन्। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले मेरो सेयर एप र वेवसाइट साथै, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन्।







डिसी नेपाल








Facebook Comment