सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२१ भदौ २०७९ १०:५३
436
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ तोकिएको छ।

सोमबार प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय २५ रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.