सानिमा माई हाइड्रोपावरले गर्यो लाभांश दिने घोषणा, कहिले हुँदैछ साधारणसभा ?
काठमाण्डौ । सानिमा माई हाइड्रोपावरले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएको छ।
यसका साथै, कम्पनीले वार्षिक साधारणसभाको मिति र बुकक्लोज मिति पनि तय गरेको छ। कम्पनीले लाभांश पारित गर्न कात्तिक २ गते ११ औँ वार्षिक साधारणभा गर्ने भएको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।








डिसी नेपाल








Facebook Comment