राष्ट्रिय सभाका चारवटै विषयगत समितिका सभापतिले लिए सपथ

डिसी नेपाल
२३ भदौ २०७९ १६:२९
160
Shares
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिएका छन् । राष्ट्रिय सभाका सभापतिहरूको शपथ ग्रहण कृषि समितिको हलमा भएको थियो ।

निर्विरोध निर्वाचित विषयगत समितिका सभापतिहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका थिए ।

सपथ लिनेमा दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापति डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.