कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा दिने
काठमाडौँ। कुमारी क्यापिटलले संस्थागत परामर्श सेवाअन्तगर्त ‘वे टु लिष्टिङ’ नामक सेवा सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपूर्व गर्नुपर्ने वित्तीय तथा संगठनात्मक कार्यमा आवश्यक सम्पूर्ण वित्तीय तथा कानुनी परामर्श सेवा उपलब्ध हुने जानकारी दिइने छ।
क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने तथा निष्कासित धितोपत्र नेप्सेमा सूचीकरण गराउनेलगायतका सम्पूर्ण सेवाहरु प्रदान गर्नेछ। यो सेवाले वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने बोर्डको नीतिलाई समेत सहयोग पुर्याउने कम्पनीले जनाएको छ। यसले व्यावसायिक तथा वित्तीय योजनाको तयारी गर्नुका साथै वित्तीय तथा संगठनात्मक पुनर्संरचनामा सहयोग पुग्ने उसले विश्वास लिएको छ।
यस्तै, वित्तीय श्रोत जुटाउन र कम्पनीको मूल्यांकन तथा परियोजना मूल्यांकन गर्न सहयोग गर्ने क्यापिटलको भनाइ छ। क्यापिटलले प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका कार्यहरुमा पनि सहयोग गर्ने जनाएको छ।







डिसी नेपाल







Facebook Comment