लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा
काठमाडौँ। लुम्बिनी जनरल इन्स्योरेन्सले ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ।
कम्पनीले गत १३ असारसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाएको हो। तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ। त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ।
लुम्बिनी जनरलको २९ असारमा बसेको साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment