नेपाली सेनामा चार हजार युवालाई जागिरकाे अवसर

डिसी नेपाल
२४ भदौ २०७९ १०:३२
168
Shares

काठमाडौँ। नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुलेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हाे।

कुल संख्यामध्ये सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रुपमा अशक्त तथा मृत्यु भएका नेपाली सेनाका सन्ततितर्फ २०० जना, खुलातर्फ २ हजार ८८ जना, महिलातर्फ ३५० जना, समावेशअन्तर्गत आदिवासी जनजातितर्फ ५५० जना, मधेसीतर्फ ४८० जना, दलिततर्फ २५२ जना र पिछडिएको क्षेत्रतर्फ ८० जनाका लागि दरखास्त खुलाइएको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २३ असोजसम्म दरखास्त पेश गर्न सक्नेछन् भने ३० असोजसम्म दोब्बर दस्तुर बुझाएर पनि दस्खास्त दिन सकिनेछ।

दरखास्त फारम सम्बन्धित भर्ना केन्द्रहरुबाट नै प्राप्त गर्न र बुझाउन सकिने नेपाली सेनाले जनाएको छ। यसका लागि नेपाली सेनाले देशभरका २८ स्थानमा रहेका बाहिनी, गण र गुल्मलाई भर्ना केन्द्र निर्धारण गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.