दुई कम्पनीले आइपिओ जारी गर्न बोर्डसँग मागे अनुमति
काठमाडौँ। दुई कम्पनीले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। सगरमाथा हाइड्रोपावर र माईखोला हाइड्रोपावर कम्पनीले आइपिओ जारी गर्न अनुमति माग गरेको हो।
धितोपत्र बोर्डसँग सगरमाथा हाइड्रोपावरले ५४ लाख ८८ हजार कित्ता आइपिओ जारी गर्न अनुमति माग गरेको हो। कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।
यस्तै, माईखोला हाइड्रोपावरले १९ लाख २१ हजार ५६८ कित्ता आइपिओ जारी गर्न अनुमति माग गरेको हो। कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।
यी दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment