सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२४ भदौ २०७९ ११:०८
172
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ९ सय रुपैयाँ तोकिएको छ।

बिहिबार प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला ३५ रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.