प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। प्रभु बैंकका संस्थापक सेयरधनीहरुले शुक्रबार (भदौ २४ गते) देखि आफ्नो नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन्।
बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाले ५६ हजार ११२ र श्रवण कुमार अग्रवाले ५६ हजार ११२ कित्ता सेयर बिक्रीमा ल्याएका छन्। प्रतिकित्ता सेयरको भाउ १८० रुपैयाँ तोकिएको छ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ।
उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment