नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ?

डिसी नेपाल
२४ भदौ २०७९ १४:३९
172
Shares

काठमाडौँ। नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो।

बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८/७९ मा भित्रिएको छ। सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ।

विभागका अनुसार विभिन्न देशबाट आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ करोड ७ करोड रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब ६ करोड रुपैयाँ र २०६८/६९ मा ३ खर्ब ५९ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।

यस्तै, आर्थिक वर्ष २०६९/७० मा ४ खर्ब ३४ अर्ब ६ करोड रुपैयाँ, २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ र २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ७९ अर्ब ३ करोड रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७/७८ मा ९ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ र २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.