नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : बलराम केसी

डिसी नेपाल
२५ भदौ २०७९ ८:५१
3.7k
Shares

काठमाडौं। पूर्व न्यायाधीश बलराम केसीले देशका सवैधानिक परिस्थिति खतरानक र भयावह अवस्थामा पुगेको बताएका छन्। उनले भताभुंग अवस्थामा पुगेको भन्दै सर्वोच्चका पूर्व न्यायाधीश केसीले संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक र एकताको प्रतिक मानेको उल्लेख गर्दै भने, ‘अहिले राष्ट्रपतिबाटै संविधानको उल्लघंन भइरहेको छ।’

डिसी नेपालको कार्यक्रम द बृज टकमा अर्जुन दाहालसँग कुरा गर्दै पूर्व न्यायाधीश केसीले नागरिकता विधेयकमा राष्ट्रपतिले संविधान उल्लघंन गरेको आरोप लगाए। उनले संसदमा दुवै सदनले पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकारण गर्नुपर्ने तर त्यसो नगरेको बताए। राष्ट्रपति सामु विधेयक प्रमाणीकरण गर्ने वा राजीनामा दिने दुई विकल्प मात्र बाँकी रहेको बताए।

सुरुमा नागरिकता विधेयक सन्देशसहित फिर्ता पठाएर राष्ट्रपतिले राम्रो काम गरेको तर ओली सरकारले ल्याएको अध्यादेश तुरुन्तै जारी गर्ने र देउवा सरकारले जारी गर्न पठाएको विधेयक चार महिनासम्म रोकेको राखेको आरोप लगाए।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.