हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ०४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ १२ पैसा र बिक्री दर १२८ रुपैयाँ ७२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४७ रुपैयाँ ४८ पैसा र बिक्री दर १४८ रुपैयाँ १८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १४ पैसा र बिक्री दर ८७ रुपैयाँ ५५ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ २५ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९७ पैसा र बिक्री दर ९ रुपैयाँ ०१ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३५ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६९ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा कायम भएको छ।







डिसी नेपाल







Facebook Comment