कहिलेसम्म छ इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद ?
काठमाडौँ। इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद मंगलबारसम्म रहेको छ। यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर २८ भदौसम्म पुर्याएको हो।
कम्पनीले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री खुला गरिरहेको छ। इस्टर्नले एक सय रुपैयाँ अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो।
यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन्। रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ।







डिसी नेपाल







Facebook Comment