सेयर बजार ओरालो तर्फ, नेप्से र कारोबार दुबै घट्यो
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज नेप्से ११.४७ अंकले घटेर १ हजार ९२६.२८ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता सेयर खरिद बिक्री हुँदा ७४ करोड ७२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ। यसको आज ३ करोड ९५ लाखभन्दा बढीको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये अन्य उपसुचकबाहेक सबै उपसुचक राताम्मे भएको छ। आजको कारोबारम मैलुङ्ग खोला जलबिद्युत र सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, सानिमा लार्ज क्याप फण्ड र
छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले अधिकतम गुमाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment