सोमबार घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२७ भदौ २०७९ १०:५९
284
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ।

आइतबार प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला  ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ।  आइतबार प्रति तोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य स्थिर रहेरसोहि मूल्यमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.