गठबन्धन बैठकः एउटै क्षेत्रमा बिभिन्न दलको दाबी परेपछि सिट बाँडफाँटमा ढिलाई

डिसी नेपाल
२७ भदौ २०७९ १९:१५
40
Shares

काठमाडौं । आगामी निर्वाचनमा एउटै क्षेत्रको सिटमा बिभिन्न दलको दाबी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाई भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटमा बिषयमा बिभिन्न तहमा छलफल भएपनि सहमति भने हुन नसकेको हो । बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दुई पक्ष, तीन पक्षिय र सर्वपक्षिय छलफलबाट सहमतिको प्रयास जारी रहेको जानकारी दिए ।

उनले सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताए । उनले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवदा दाबी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गरे । सबै दलहरु लचिलो भएर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

गठबन्धनका शिर्ष नेतालाई यसअघि नै कार्यदलले दलहरुको आ–आफ्नो अडान सहितको प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमाथि शिर्ष तहमा छललफल भएपनि सहमति भने जुट्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.