५ करोड मानिसहरू ‘आधुनिक दासत्व’मा बाँचिरहेको राष्ट्रसंघको रिपोर्ट

डिसी नेपाल
२९ भदौ २०७९ १६:१९

काठमाडौं । संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनमा चकित पार्ने खुलासा भएको छ । यस प्रतिवेदनमा सन् २०२१ मा विश्वभर करिब ५ करोड मानिस आधुनिक दासत्वमा बाँचिरहेको दाबी गरिएको छ ।

रिपोर्टमा कोरोना महामारीका कारण अफगानिस्तान, बंगलादेश, भारत र इजिप्ट जस्ता देशहरूमा पनि जबर्जस्ती विवाहको घटना बढेको उल्लेख छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय मानवअधिकार समूह वाक फ्रीको ‘द ग्लोबल एस्टिमेट्स अफ मोडर्न स्लेभरी’ प्रतिवेदनमा सन् २०२१ मा ५ करोड मानिस आधुनिक दासत्वमा बाँच्न बाध्य भएको उल्लेख गरिएको छ । । जसमध्ये २.८ करोड मानिस बन्धक श्रममा र २.२ करोड जबर्जस्ती विवाहमा फसेका छन् ।

पछिल्लो पाँच वर्षमा आधुनिक दासत्वमा सामेल हुनेको संख्या बढेको प्रतिवेदनले जनाएको छ । सन् २०१६ को तुलनामा २०२१ मा एक करोडभन्दा बढी मानिस आधुनिक दासत्वमा सामेल भएका छन्।

यो प्रतिवेदनमा भनिएको छ कि विश्वका लगभग हरेक देशमा आधुनिक दासत्व रहेको छ । संस्कृति र धर्मसँग यसको कुनै सम्बन्ध छैन। सबै बन्धक श्रमको आधा भन्दा बढी अथवा ५२ प्रतिशत र एक चौथाइ जबरजस्ती विवाह उच्च-मध्यम आय र उच्च आय भएका देशहरूमा पाइएको छ ।

प्रतिवेदनमा सबैभन्दा बढी (८६ प्रतिशत) बन्धक मजदुरका घटना निजी क्षेत्रमा रहेको उल्लेख छ । बन्धक श्रममा आप्रवासी कामदारहरूको संख्या गैर-आप्रवासी वयस्क कामदारहरूको भन्दा तीन गुणा बढी हुन सक्छ। २०२१ मा २ करोड २० लाख मानिसहरू जबरजस्ती विवाह गर्न बाध्य भएका थिए

प्रतिवेदनले सन् २०२१ मा विश्वभर करिब २२ करोड मानिसलाई जबरजस्ती विवाह गराइएको अनुमान गरिएको छ । यसले सन् २०१६ को विश्वव्यापी अनुमानको तुलनामा ६६ लाखले वृद्धि भएको सङ्केत गर्छ।

जबर्जस्ती विवाहमा विशेषगरी १६ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाको विवाह समावेश हुन्छ। प्रतिवेदनमा नाबालिगले यो उमेरमा कानुनी रूपमा विवाह गर्न नसक्ने भएकाले बालविवाहलाई जबरजस्ती विवाह मानिने गरेको छ ।

सोमबार जारी गरिएको यो प्रतिवेदनमा विश्वका हरेक क्षेत्रमा जबर्जस्ती विवाहका घटनाहरु सार्वजनिक हुने गरेको उल्लेख गरिएको छ । करिब दुई तिहाइ (१.४२ करोड) जबर्जस्ती विवाह एसिया र प्रशान्त क्षेत्रका मात्रै हुन् । १४.५ प्रतिशत (३.२ मिलियन) अफ्रिकामा, १०.४ प्रतिशत (२.३ मिलियन) युरोप र मध्य एशियामा रिपोर्ट गरिएको छ।

प्रतिवेदनमा क्षेत्रीय जनसङ्ख्याको हिसाबले अरब देशहरूमा सबैभन्दा बढी जबर्जस्ती विवाह हुने गरेको उल्लेख छ । यहाँ यो संख्या प्रति हजार व्यक्तिमा ४.८ छ, त्यसपछि एसिया र प्रशान्त क्षेत्रहरूमा प्रति हजार व्यक्तिमा ३.३ छ। जबरजस्ती विवाहको सबैभन्दा कम केसहरू अमेरिकामा छन्। यहाँ यो संख्या प्रति हजार १.५ छ।

प्रतिवेदनमा भनिएको छ, ‘कोरोनाका कारण हरेक क्षेत्रमा जबरजस्ती विवाहको घटना बढेको छ । कोरोना अवधिका कारण नागरिक दर्ता प्रणालीलगायत आधिकारिक तथ्याङ्क सङ्कलन प्रक्रिया अवरुद्ध भएको थियो ।

प्रतिवेदनमा भनिएको छ कि जसको तथ्याङ्क उपलब्ध छ ती देशहरूमध्ये अफगानिस्तान, बंगलादेश, भारत, इन्डोनेसिया, सुडान, इजिप्ट, यमन, जोर्डन, सेनेगल, युगान्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोमा बालविवाह र जबरजस्ती विवाहका घटनाहरू बढेका छन्। ..

आईएलओका महानिर्देशक गाइ राइडरले भने, “आधुनिक दासत्वमा सुधार नआएको र मानवअधिकारको यो उल्लंघनलाई कसैले पनि जायज ठहराउन नसक्नु अचम्मको कुरा हो ।

राइडरले भने, “हामीलाई थाहा छ के गर्न आवश्यक छ।” हामीलाई थाहा छ यो गर्न सकिन्छ। प्रभावकारी राष्ट्रिय नीति र नियमहरू आधारभूत छन्। तर सरकार एक्लैले गर्न सक्दैन । यसमा ट्रेड युनियन, कर्मचारी संगठन, नागरिक समाज र आम जनता सबैको भूमिका हुन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *