व्यक्तिगत स्वार्थका आधारमा न्यायपालिकालाई प्रभावित पार्ने कामको अन्त्य हुनुपर्छः पूर्वन्यायाधीश सिंह(भिडियो)
काठमाडौं । पूर्वन्यायाधीश फोरम, नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा पूर्वन्यायधिशहरुमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरमले पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशहरूले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलीयत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न पनि चूनौति दिएको छ ।
महाअभियोगमा उठाइएका विषयहरुको छानबिन न्यायीक प्रक्रिया बमोजिम गर्नुपर्ने हुँदा समय अपुग भए अर्को संसद्ले समेत स्वामित्व ग्रहण गर्नुपर्ने फोरमका अध्यक्ष टोपबहादुर सिंहले बताए ।उनले निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध प्रारम्भ भएको महाअभियोगको कारबाही फौजदारी अभियोगको विषयवस्तु भएको बताए । महाभियोग समितिमा राणाको बयानबाट कतिपय अभियोग सावित भइ कसुर प्रमाणित भइसकेको अवस्था रहेको पनि उनले बताए ।
उनले व्यक्तिगत स्वार्थका आधारमा न्यायपालिकालाई प्रभावित पार्ने कामको अन्त्य हुनुपर्ने धारणा राखे ।







डिसी नेपाल








Facebook Comment