एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपे : ओली

डिसी नेपाल
३० भदौ २०७९ १५:०७
96
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुर्याएको बताएका छन् । पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक, राजनीतिक हरेक हिसाबले निर्लज्ज ढंगले ओरालोतर्फ लगिरहेको बताएका हुन् ।

मुलुकलाई शान्ति र स्थिरता तथा विकासको बाटोतर्फ अघि बढाउन अबको निर्वाचनमा एमालेले हार्न नहुने उनले बताए । ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अब यसलाई रोक्नुपर्ने धारणा राखे ।

एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उनको भनाई छ । अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरुमध्ये कसैले पनि एक्लाएक्लै चूनाव लड्ने आँट गर्न नसकेको तर्क गरे ।

उनले एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको र आफुलाई नै साधारण सदस्यबाट निष्काशन गरेको बताए । कम्युनिष्ट आन्दोलनलाई प्रचण्डले बेईमानी र धोका दिएको उनको भनाई छ ।

कार्यक्रममा अध्यक्ष ओलीले माओवादीका नेता यमबहादुर परियार लगाएतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.