अछाम पहिरोः मृत्यु हुनेको संख्या १२ पुग्यो

डिसी नेपाल
१ असोज २०७९ ११:२७
160
Shares

काठमाडौं । शुक्रबारदेखि आएको अविरल वर्षाका कारण अछाममा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । कमलबजार नगरपालिका–८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका–५ मा दुई जना र ढकारी गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

पहिरोले घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो । अछाम प्रहरीका अनुसार पहिरोमा परि ११ जना अझै बेपत्ता छन् भने ११ जनाको उद्धार गरिएको छ । बेपता हुनेमा तुर्माखाँदका ७ जना, ढकारीका एक जना, कमलबजारका ३ जना रहेका छन् । आज नै गृह मन्त्री बालकृष्ण खाँडले पीडितको उद्धार तथा बेपत्ताको तत्काल खोजी गर्न निर्देशन दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.