ब्राउनसुगरसहित ३ जना पक्राउ

डिसी नेपाल
१ असोज २०७९ १६:५९
40
Shares

काठमाडौं । बांके प्रहरीले ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा श्रीमानश्रीमतीसहित ३ जना रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कोहलपुर नगरपालिका–१२ चप्परडौडीकी ३८ वर्षीया यशोदा कार्की, उनका श्रीमान रुद्रबहादुर कार्की र सोही ठाउँ बस्ने २४ वर्षीय मनोज गिरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीकाअनुसार यशोदा कार्कीको चप्परडौडीस्थित घरबाट शनिबार बिहान उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट २६ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, पाँच लाख ७३ हजार हजार ८ सय १० रुपैयाँ, डिजिटल तराजु बरामद गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.