नेकपा एसले समानुपातिकमा नयाँ नेतालाई अवसर दिने

डिसी नेपाल
१ असोज २०७९ २१:३३
48
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर प्रदान गर्ने भएको छ ।

पार्टीले बन्दसूचीमा हाल प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेका नेतालाई निरन्तरता नदिने गरी मापदण्ड तय गरेको हो । महासचिव डा बेदुराम भुसालले पार्टी सङ्गठनमा क्रियाशील भई विगतमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई प्राथमिकता दिने गरी मापदण्ड निर्माण गरिएको जानकारी दिए।

उम्मेदवारको नामावली छनोट गर्दा पार्टी निर्माणमा योगदान गरेको, समाजमा लोकप्रियता कायम गरेको, स्वच्छ छवि भएको कार्यक्षमता राम्रो भएको र सुशासनका क्षेत्रमा सक्रिय भएका लगायतलाई आधार बनाएको महासचिव भुसालले जानकारी दिए ।

संविधानले निर्दिष्ट गरेको मापदण्डका साथै समावेशी प्रणालीलाई अवलम्बन गर्दै भौगोलिक सन्तुलनको व्यवस्थापन गरी उम्मेदवारको नाम छनोट कार्यमा सन्तुलन कायम गरिने उहाँले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.