खेलौना बन्दुक देखाएर युवतीले बैंक लुटिन्, बैकबाट लुटेको लाखौं रकम भने युवतीको आफ्नै
काठमाडौं । खेलौना बन्दुक देखाएर एक युवतीले बैंक लुटिन् । बैंकबाट १६ लाखभन्दा बढी रकम लिएर उनी भागिन् । चाखलाग्दो कुरा के छ भने युवतीले आफ्नो खातामा जम्मा गरेको पैसा मात्र लुटिन् । युवतीले बैंक लुट्दा लाइभ भिडियो पनि बनाएकी थिइन् । जुन अहिले भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा उनका तस्विरहरु चर्चाको विषय बनेका छन् ।
घटना लेबनानको हो । जहाँ २८ वर्षीय अभियन्ता साली हाफिज खेलौना बन्दुक लिएर बुधबार बेरुत बैंक पुगेकी थिइन् । यहाँ उनले बन्दुक देखाउँदै बैंकका कर्मचारीलाई फिल्मी शैलीमा पैसा निकाल्न भनिन् । युवतीको हातमा बन्दुक देखेर मानिसहरु आत्तिए र बैंकमा आतंक फैलियो ।
कोलाहलका बीच साली हाफिजले आफू कसैलाई मार्न नआएको बताइन् । उनले लामो समयदेखि बैंकमा अड्किएको आफ्नो खातामा जम्मा भएको पैसा मात्रै झिक्न आएको भनिन् । हाफिजले क्यास काउन्टरमा उपस्थित कर्मचारीलाई बन्दुक देखाएर धम्की दिएर खाताबाट जबरजस्ती १३ हजार डलर (१६ लाख ४० हजार रूपैयाँ) निकालिन् ।
हाफिजले यो सम्पूर्ण घटनाको लाइभ शुटिङ गरेकी थिइन् । भिडियोमा उनले आफ्नी बहिनीको क्यान्सरको उपचारका लागि तत्काल पैसा चाहिएको बताएकी छिन् । उनका अनुसार उनको खातामा यसअघि नै करिब २० हजार डलर निक्षेप रहेको थियो । तर पछिल्ला तीन वर्षमा उनले यो पैसा निकाल्न पाइनन् ।
“I am here at Blom Bank today to withdraw the deposit of my sister, who is dying in the hospital”
An armed woman stormed a bank in Lebanon, taking hostages and successfully withdrawing $13,000 of her savings https://t.co/ILnctSwFqM pic.twitter.com/olDtl5Yjeh
— The National (@TheNationalNews) September 14, 2022
भाइसका अनुसार लेबनानमा आर्थिक संकटका कारण बैंकहरूले पैसा निकाल्ने सीमा तोकेका छन् । जसअनुसार मानिसहरूले महिलामा २०० देखि ४०० डलर मात्र निकाल्न पाउँछन् । २०१९ मा सुरु भएको आर्थिक संकटपछि लेबनानी सरकारले बैंकको निक्षेप तीन वर्षदेखि रोक्का गरेको छ । जनता आफ्नै पैसा निकाल्न चिन्तित भएका छन् । बैंकले आफ्ना ग्राहकलाई निश्चित रकम मात्रै दिने गरेको छ ।
भिडियोमा युवतीले भनिन्– ‘म साली हाफिज हुँ, आज अस्पतालमा मृत्युसँग लडिरहेकी बहिनीको उपचारका लागि पैसा लिन आएकी हुँ । म कसैलाई मार्न आएको होइन… आफ्नो अधिकार माग्न आएको हुँ।’
हाफिजले थप भनिन् कि उनी बारम्बार बैंकमा पैसा माग्न गइन् र तर हरेक पटक उनलाई मासिक २०० डलर मात्र दिन सकिने बताइएको थियो । घटनास्थलमा उपस्थित एएफपी संवाददाताले भने कि डकैतीको क्रममा बैंक भित्र ज्वलनशील पदार्थ खन्याइयो।
युवतीले जताततै ग्यासोलिन फालेर लाइटर बालेर जलाउने धम्की दिएको बैंकका ग्राहक नादिन नखलले बताए । उनले बन्दुक बोकेर पैसा नदिए बैंक म्यानेजरलाई गोली हान्ने धम्की दिएको समेत बताए ।







डिसी नेपाल








Facebook Comment