संविधान दिवसमा ९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

डिसी नेपाल
३ असोज २०७९ ७:१५
184
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन्।

पूर्वप्रधानमन्त्री स्वर्गीयः सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए।

राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने भएको छ।

मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार राष्ट्रपतिले विभूषणको घोषणा गरेकी हुन्। पदक पाउनेको नामावली गृह मन्त्रालयमार्फत सार्वजनिक भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.