पासै नभएको प्रतिवेदनलाई आधार बनाएर प्रधानन्यायाधीशलाई नजरबन्द गर्नु लज्जास्पद : नेम्वाङ (भिडियोसहित)
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले महाभियोग छानविनको प्रतिवेदनलाई ’कथित प्रतिवेदन’ को संज्ञा दिएका छन्।
सोमबार सिंहदरबारमा हिमालयन न्युज एजेन्सीसँग कुरा गर्दै नेम्वाङले कसैसँग छलफल नगरि एकलौटी ढंगले तयार गरिएको समितिको प्रतिवेदन ’कथित प्रतिवेदन’ भएको टिप्पणी गरेका हुन्।
निलम्वित प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगका क्रममा समितिका सवै सदस्यबीच प्रमाणको छलफल, बयानको छलफल हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए।
नेम्वाङले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएका कारण प्रतिवेदन संदनमा पेश हुन नसक्ने अवस्थामा पुगेको उल्लेख गरे। पासै नभएको प्रतिवेदनलाई आधार बनाएर जबरालाई निवासबाट निस्कन नदिनु लज्जास्पद भएको उनको भनाइ छ।
उनले गिरफ्तार गरेसरह सरकारले जबरालाई निबासमा राख्नु कानूनी मूल्यमान्यता बिपरित रहेको पनि बताए। त्यस्तै नेम्वाङले एउटा प्रतिनिधिसभाको कार्यकालमा तयार भएको प्रतिवेदन संसदको अर्को कार्यकालले निरन्तरता दिन नसक्ने स्पष्ट पारे।
भिडियो:







डिसी नेपाल








Facebook Comment