माओवादीको बन्दसूचीमा बाबुरामका पाँच जना अटाए

डिसी नेपाल
३ असोज २०७९ १९:०३
684
Shares

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीमा डा. बाबुराम भट्टराईको दलबाट पाँच जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश भएको छ ।

नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका नेपाल समाजवादी पार्टीका पाँच जना बन्द सूचीमा समावेश भएका छन् ।

माओवादीले ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । त्यसमा बाबुरामको दलका ५ जना समावेश गरिएका छन् । सूचीमा समावेश भएका नाम भने खुलाइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.