सत्ता गठबन्धनमा भोलिसम्ममा सिट बाँडफाँटबारे टुंगो लाग्ला ?

डिसी नेपाल
४ असोज २०७९ २०:१३
28
Shares

काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरका सत्तारुढ दलहरुलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ ।

निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका छन् । मंगलबार

विभिन्न चरणमा छलफल गरेका गठबन्धनका दलहरुले सिट बाँडफाँट टुंगोमा पुग्न लागेको दाबी गरेका छन् ।

सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्ममा सिट बाँडफाँट टुंग्याउने दाबी गरेका हुन् ।

बैठकमा सहभागी एक नेताले भोलिसम्ममा सिट बाँडफाँट टुग्याउने दाबी गरे ।

‘छलफल जारी छ । भोलिसम्म टुंग्याउने भन्ने सहमति भएको छ’ उनले भने ।

१ सय आसपासका निर्वाचन क्षेत्रमा कुरा मिलिसकेको र केही क्षेत्रमा दुई र केहीमा तीन दलले दाबी गरिरहेकोले त्यसबारे छलफल केन्द्रीत भएको उनको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.