राधी विद्युत् कम्पनीको हकप्रद सेयर बिक्री खुला

डिसी नेपाल
५ असोज २०७९ ११:०५
52
Shares

काठमाडौँ। राधी विद्युत कम्पनीले बुधबारदेखि १ः१‌‍‍‌‍.४७५२ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो।

राधीले हकप्रद सेयर बिक्रीका लागि गत १२ भदौमा बुक क्लोज गरिसकेको छ। तसर्थ, भदौ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गरेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

राधीको हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ। हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.