न्यू प्लाजा अगाडिको पोलमा आगलागी {भिडियोसहित}
काठमाडौं । काठमाडौंको न्यू प्लाजा अगाडि रहेको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरी आगो निभाइएको छ ।
बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाहरुको ध्यान जान सकेको छैन ।
पोलमा पुराना, प्रयोग नै नभएका धेरै तार छन् । तर, ती तारमार्फत सेवा दिएका संस्थाहरू भने पुरानो तार फाल्नेतर्फ ध्यान नदिइ नयाँ तार राख्ने गरेका छन् ।
भिडियो:
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment