नेपालको अर्थतन्त्र झन खस्किने प्रक्षेपण
काठमाडौं । आगामी वर्ष नेपालको अर्थतन्त्र अहिलेको भन्दा झन खस्कने प्रक्षेपण भएको छ । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२३ मा नेपालको अर्थतन्त्र सन् २०२२ को तुलनामा अझ खस्किने सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२२ मा उल्लेख छ । एडीबीले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
एडीबीले सन् २०२२ मा नेपालको अर्थतन्त्रमा ५.८ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो । सार्वजनिक प्रतिवदेनमा सन् २०२४ मा नेपालको वैदेशिक मुद्राको संचितीमा अझ गिरावट आउने र मुद्रास्फितीमा थप दबाब पर्नेसमेत जनाइएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि एडिबीका कन्ट्री डाइरेक्टर आनो कुस्वाले कोभिड १९ महामारीपछिको लकडाउन, डेंगु ज्वरोको प्रकोप लगायतले नेपालको स्वास्थ्य प्रणालीलाई कमजोर बनाइदिएको बताए ।







डिसी नेपाल








Facebook Comment