११.१९ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ७२ करोड १२ लाखमा सिमित
काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। आज नेप्से ११.१९ अंकले बढेर १ हजार ८४८.८० विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोड १२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ। यसको आज ३ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा सिमिलिङ्ग पावर र सुमित लघुवित्तका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, विन नेपाल लघुवित्त र नबिल ब्यालेन्स फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment