सीट बाँडफाँटमा कांग्रेसले दम्भ देखायोः माधव नेपाल

डिसी नेपाल
५ असोज २०७९ १६:२७
1.2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सीट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको बताएका छन् । बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसंग कुरा गदै अध्यक्ष नेपालले कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको समेत जिकिर गरे ।

अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा सबैले हेप्ने भएकाले पार्टीलाई बलियो बनाउनुपर्ने बताए । सीट बाँडफाँटमा सहमतिको अन्तिम प्रयास जारी रहेको धारणा उनले राखे ।

उनले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदम बिरुद्ध कानूनी उपाय खोजिने बताएका छन् ।

संवैधानिक व्यवस्थालाई उलंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानूनी उपाय खोजिने बताएका हुन् ।

कानूनी उपाय खोज्ने बारेमा गठबन्धनमा छलफल भइरहेको पनि उनले बताए । उनले राष्ट्रपतिले अहिले संविधान नै उलंघन गरेका कारण भविष्यमा पनि कानून उलंघन गर्ने संभावना देखिएको तर्क गरे । अध्यक्ष नेपालले नागरिकता विधेयकका बिषयमा अध्यादेशमा जान नहुने धारणा पनि राखे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.