अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
७ असोज २०७९ ८:५९
260
Shares

काठमाडौँ।  शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राकाे विनिमय दर सार्बजनिक गर्दै अमेरिकी डलर एकको खरिद मूल्य १२९ रुपैयाँ ०८ पैसा र बिक्रीमूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको छ। बिहिबार अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ २७ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४७ रुपैयाँ ०२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६७ पैसा र बिक्री दर ८६ रुपैयाँ ०७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २९ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ०५ पैसा र बिक्री दर ९ रुपैयाँ ०९ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २४ पैसा र बिक्री दर १८ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ३१ पैसा र बिक्री दर ३४ रुपैयाँ ४७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३३ पैसा र बिक्री दर ३५ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १७ पैसा र बिक्री दर ९ रुपैयाँ २२ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.