एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज

डिसी नेपाल
७ असोज २०७९ ११:४२
108
Shares

काठमाडौँ। एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज भएको छ। बिहीबारको अन्तिम कारोबारपछि एभरेष्टको अग्राधिकार सेयर सूचीकरण खारेज गरिएको नेप्सेले जानकारी गराएको छ।

बैंकले हरेक तीन-तीन वर्षमा २० प्रतिशतका दरले अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्नुपर्ने प्रावधानअनुरूप पाँचौं तथा अन्तिमपटक बिहीबार परिणत गरेको हो।

यससँगै एभरेष्टको ७५ लाभांशदर भएको २० लाख कित्ता अग्राधिकार सेयर बिहीबार पूर्णरूपमा सर्वसाधारण सेयरमा परिणत भएको छ। नेप्सेले बिहीबार निर्णय गर्दै अग्राधिकार सेयरको सूचीकरण खारेज गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.