जसपाका नेता श्रीपाइली एमालेमा प्रवेश
काठमाडौं। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन्। च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गरेका हुन्।
अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरू गरेका श्रीपाइलीको करिब तीनदशकको राजनीतिक जीवन रहेको छ। उनी सल्यान जिल्लाका स्थायी बासिन्दा हुन्।
श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको एमालेविरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment