एनसीसी बैँकका ग्राहकले फोन पेमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैँक (एनसीसी बैँक) र फोन पेबीच दशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ ।
एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु १०० सम्म क्यासब्याक अफर प्रदान गरेको छ।
यस अफर अन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एप मार्फत भुक्तानी गरेको हुनुपर्नेछ।
दशैँ र तिहार गरी २ पटक यो अफर संचालन हुने भएको छ। दशैँ लक्षित यस अफर असोज ७ गतेदेखि १४ गतेसम्म संचालन हुनेछ भने तिहारलाई लक्षित गरी कार्तिक २ देखि ६ गते सम्म संचालन हुनेछ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३९ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ।







डिसी नेपाल







Facebook Comment