महोत्तरीको बाँसघारीमा महिलाको विभत्स हत्या

डिसी नेपाल
८ असोज २०७९ ११:२८
56
Shares

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका–१ स्थित बाँसघारीमा एक महिलाको शव भेटिएको छ । अन्दाजी ४० वर्षीया अमाना खातुनको हत्या भएको अबस्थामा शव भेटिएको हो ।

उनी शुक्रबार विहान करिब १० बजे धान खेत हेर्न पुगेकी थिइन् । तर उनी साँझसम्म घर फर्किनन् । त्यसपछि आफन्तले प्रहरीलाई खबर गरेको थियो । प्रहरी र स्थानीयले खोज्न खेततर्फ जाने क्रममा राति करिब ९ बजे उनको शव फेला पर्यो ।

रगतले लत्पतिएको अबस्थामा अमानाको शव फेला परेको प्रहरीले जनाएको छ । उनको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ ।

घटनास्थलमा पुरुषको च्यातिएको लुगाको टुक्रा समेत फेला परेको छ । मृतक महिलाले प्रतिकार गर्दा हत्या गर्न खोजेको पुरुषको लुगा च्यातेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको प्रकृति हेर्दा बलात्कारको प्रयास भएको हुनसक्ने र प्रतिकार गर्दा हत्या गरेको जस्तो देखिन्छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट इन्स्पेक्टर उमाशंकर साहको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ‌। तालिमप्राप्त कुकुर ल्याएर प्रहरी अनुसन्धान गरिरहेका छन् ।

उनको हत्या किन र कसले गरेको विषयमा केहि खुल्न नसकेको र घटना विषयमा सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले जानकारी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.